झापा गाउँपालिका–२ मा कन्काई (माई) खोलाको बाँध जोखिममा, श्रमदानमार्फत मर्मतको तयारी

झापा ।झापा गाउँपालिका–२ अन्तर्गत कुवाडी बजार पश्चिमतर्फ रहेको कन्काई (माई) खोलाको बाँधमा जोखिम देखिएको भन्दै स्थानीय तहले तत्काल संरक्षण तथा मर्मत कार्यका लागि श्रमदान कार्यक्रमको आयोजना गरेको छ।
वडा कार्यालयका अनुसार बाँधको संरचनामा समस्या देखिएपछि सम्भावित बाढी तथा डुबान जोखिमलाई मध्यनजर गर्दै आज बिहान ८:०० बजेबाट मर्मत कार्य सुरु गर्ने तयारी गरिएको हो।
सो कार्यक्रममा कुवाडी, सडकवारी, बालुवाटार र सुगाबथान क्षेत्रका स्थानीयवासीलाई अनिवार्य रूपमा उपस्थित भई श्रमदानमार्फत बाँध संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।
स्थानीय तहले समयमै मर्मत कार्य सम्पन्न गर्न सके सम्भावित विपद् रोक्न सकिने भन्दै समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेको जनाएको छ।
वडा कार्यालयले सबै वडावासीलाई एकताबद्ध भएर बाँध संरक्षणमा जुट्न पुनः अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
