हाम्रो बारेमा

सिर्जन मिडिया (प्रा.) लि.

एक सामाजिक तथा समाचारमूलक डिजिटल मिडिया प्लेटफर्म तथा आधिकारिक न्युज पोर्टल

समाचार तथा क्षेत्रगत प्राथमिकता

राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन, चलचित्रका साथ देश बाहिरका विषयवस्तु सिर्जन मिडिया डटकमले समेट्ने छ । स्थानीय, सामाजिक मुद्दा, खोजमूलक, नयाँ र पाठकका रुचीका विषयवस्तु सिर्जन मिडियाका प्राथमिकता हुन् ।

बहुभाषिक सामग्री

हामी समावेशी पत्रकारितामा विश्वास गर्छौं। नेपाली भाषाका साथसाथै यसले सन्थाली, अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ, जसले विविधतापूर्ण समुदायहरूलाई एकसाथ सूचना प्रवाह गर्दछ ।

अडियो तथा भिडियो सेवा

समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियो समेत हेर्न र सुन्न सिर्जन मिडियामा सकिने छ । हामी दर्शक तथा श्रोताका रुची अनुरूप नवीन शैलीका डिजिटल मिडिया सामग्री पस्कन्छौं ।

सन्थाल समुदाय र संस्कृति

हाम्रो एउटा विशिष्ट पहिचान भनेको ओझेलमा परेको सन्थाल समुदायको मानवीय गतिविधिसँग सम्बन्धित समाचार तथा सामग्री प्रकाशन गर्नु हो, जसले उनीहरूको आवाज र संस्कृतिलाई व्यापक रूपमा प्रस्तुत गर्दछ ।

मुख्य कार्यालय र सम्प्रेषण

झापाको विर्तामोड वडा नं. २ मा मुख्य कार्यालय रहेको सिर्जन मिडियाले विभिन्न जिल्ला र विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददाता मार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्दै आएको छ । विशेष बढीमा मात्र सन्थाल समुदायको मानवीय गतिविधिसँग सम्बन्धित समाचार तथा सामग्री प्रकाशन हुँदै आएको छ ।

हाम्रो मुख्य कार्यालय:

विर्तामोड वडा नं. २, झापा, पूर्वी नेपाल

सिर्जन मिडिया आधिकारिक पोर्टल

हाम्रा खोजमूलक तथा नयाँ समाचार सामग्रीहरू आधिकारिक वेब पोर्टल मार्फत निरन्तर उपलब्ध छन्।

www.sirjanmedia.com

सामाजिक सञ्जालमा अभियान

यसका साथै फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमार्फत झापा सहित पूर्वी नेपालका समुदायका आवाज, प्रतिभा र सामाजिक अभियानलाई व्यापक रूपमा प्रस्तुत गर्दै आएका छौं।