
झापा । वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेको निर्मला पन्त हत्या प्रकरणमा नयाँ कदम चालिएको छ। प्रहरी एसएसपी कृष्णप्रसाद पंगेनीको नेतृत्वमा घटनाको पुनः छानबिन गर्न विशेष समिति गठन गरिएको छ।
२०७५ साउनमा कञ्चनपुरमा भएको यो जघन्य घटनापछि अनुसन्धान प्रक्रिया निरन्तर विवादमा रह्यो। प्रमाण संरक्षणदेखि अनुसन्धानको निष्पक्षतासम्म अनेक प्रश्न उठे, तर यति लामो समय बितिसक्दा पनि वास्तविक अपराधी अझै कानुनी दायरामा आउन सकेका छैनन्।
नयाँ समितिले विगतका प्रमाण, प्रतिवेदन र अनुसन्धान प्रक्रियाको पुनः समीक्षा गर्दै आवश्यक थप अनुसन्धान गर्नेछ। निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित अनुसन्धानमार्फत यस बहुचर्चित घटनाको सत्य बाहिर आउने र दोषीलाई कानुनी कठघरामा उभ्याउन सकिने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
