मेचीनगरमा सन्थाल समुदायका ५० वर्षीय पुरुषको कुलोमा डुबेर मृत्यु

सिर्जन मिडिया
२०८३/०३/१७
View Updating
लाइभ: १२ पढ्दैछन्
मेचीनगरमा सन्थाल समुदायका ५० वर्षीय पुरुषको कुलोमा डुबेर मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ।

स्थानीयले कुलोमा एक पुरुष घोप्टो परेको अवस्थामा देखेपछि मंगलबार दिउँसो करिब ३:४५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार मृतक अन्दाजी ५० वर्षीय सञ्जय सोरेन हुन्। उनी करिब ६–७ वर्षअघि भारतको आसामबाट नेपाल आएका थिए र मेचीनगर क्षेत्रका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए। उनको नेपालमा स्थायी बसोबास नरहेको तथा जहाँ काम पाउँथे त्यहीँ बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, मृतककी १२ वर्षीया छोरी सुमी सोरेन मेचीनगर–७ निवासी मेघनाथ चौधरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्