झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण, कानुनी रूपमा बने जग्गाधनी

सिर्जन मिडिया
२०८३/०४/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण, कानुनी रूपमा बने जग्गाधनी

गंगालाल किस्कु

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाका अव्यवस्थित बसोबासी १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले लालपुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। पुर्जा वितरणपछि स्थानीयले खुसी व्यक्त गर्दै यसले भविष्यमा जग्गासम्बन्धी कानुनी तथा आर्थिक गतिविधिमा सहजता आउने बताएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशका विभिन्न स्थानमा लालपुर्जा वितरण अभियान सञ्चालन गरिरहेको छ। यसअघि बर्दियाको बढैयाताल र झापाको बुद्धशान्ती गाउँपालिकामा समेत भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यका साथ लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाइरहेको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्