दमकमा कार र मोटरसाइकलको ठक्करपछि साइकलयात्रीको मृत्यु, चालक घाइते

सिर्जन मिडिया
२०८३/०४/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
दमकमा कार र मोटरसाइकलको ठक्करपछि साइकलयात्रीको मृत्यु, चालक घाइते

झापा। झापाको दमकमा कार र मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ करिब ५:३० बजे दमक नगरपालिका–४ स्थित भाइरल रोडको संगम चोक नजिक भित्री सडकमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले अगाडि जाँदै गरेको साइकललाई सामान्य ठक्कर दिएको थियो।

कारको ठक्करपछि साइकल अनियन्त्रित भई सोही दिशाबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दमक–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए। उनको टाउको, दुवै हात र खुट्टामा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि आम्दा अस्पताल दमक लगिएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको निधार, दुवै हात र खुट्टामा चोट लागेको छ। हाल उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले कार, मोटरसाइकल, साइकल तथा कार चालक मोरङको उर्लाबारी नगरपालिका–७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्