नेपाल सन्थाल आदिवासी उत्थान संघमाथी पारदर्शिता र जवाफदेहिताबारे प्रश्न, ९ बुँदे सूचना मागपछि विशेष अनुगमन

सिर्जन मिडिया
२०८३/०४/०५
View Updating
लाइभ: १२ पढ्दैछन्
नेपाल सन्थाल आदिवासी उत्थान संघमाथी पारदर्शिता र जवाफदेहिताबारे प्रश्न, ९ बुँदे 
सूचना मागपछि विशेष अनुगमन

झापा। नेपाल सन्थाल आदिवासी उत्थान संघको आर्थिक पारदर्शिता, संस्थागत गतिविधि तथा सार्वजनिक जवाफदेहितासम्बन्धी विभिन्न प्रश्न उठेपछि संस्थासँग ९ बुँदे सूचना तथा कागजात माग गर्दै औपचारिक पत्र बुझाइएको थियो। सोही पत्रको आधारमा संस्थाको कार्यालयमा पुगेर विशेष अनुगमन गरिएको हो।

अनुगमनका क्रममा माग गरिएका सूचना तथा कागजात तत्काल उपलब्ध गराइएनन्। यसका साथै संस्थासँग सम्बन्धित विभिन्न सार्वजनिक सरोकारका विषयमा थप तथ्य खोज्ने प्रयास गरिएको छ।

संस्थाको कार्यालय भवन निर्माणका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भनिएको योजनामाथि पनि प्रश्न उठेका छन्। निर्माणस्थलमा केही पिलर मात्र देखिए पनि भवन निर्माणले पूर्णता पाएको अवस्था देखिएन। योजना अनुसार कति रकम खर्च भयो, निर्माण कार्य किन सम्पन्न हुन सकेन र बजेटको उपयोग कसरी गरियो भन्ने विषयमा सम्बन्धित पक्षबाट स्पष्ट जानकारी आउन बाँकी छ।

यसैबीच, २०७९ सालमा सञ्चालन गरिएको 'निःशुल्क' भनिएको विद्यार्थी कार्यक्रमबारे पनि विभिन्न गुनासा सार्वजनिक भएका छन्। प्रभावित पक्षका अनुसार कार्यक्रमका क्रममा करिब २०० विद्यार्थीबाट शुल्क संकलन गरिएको र पछि थप शुल्कको व्यवस्था हुँदा केही विद्यार्थीले पढाइ नै छोड्नुपरेको अवस्था आएको दाबी गरिएको छ। यद्यपि यी दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। यस विषयमा सम्बन्धित संस्थाको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

स्थानीय समुदायले अर्को प्रश्न पनि उठाएका छन्। आगलागी, बाढी–डुबान लगायतका विपद्का बेला संस्थाले समुदायका लागि के–कस्तो भूमिका निर्वाह गर्‍यो? यदि राहत वा सहयोग गरिएको हो भने त्यसको अभिलेख र विवरण सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ।

त्यस्तै, संस्थाको आधिकारिक लेटरप्याड, स्टाम्प र मिनेट बुकको व्यवस्थापन, संस्थाको वेबसाइट तथा सार्वजनिक सूचना प्रणाली, प्राप्त अनुदान, आय–व्यय विवरण तथा अन्य प्रशासनिक अभिलेखबारे पनि स्पष्ट जानकारी माग गरिएको छ।

रिपोर्ट: शिव हास्दा

सिर्जन मिडिया, झापा

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्