सन्थाल हुल दिवस श्रद्धापूर्वक सम्पन्न

झापा । सन्थाल समुदायको ऐतिहासिक संघर्ष र वीरताको स्मरण गर्दै ३० जुनका अवसरमा सन्थाल हुल दिवस (Santhal Hool Day) को रुपमा बाह्रदशी-०३, झापा र उर्लाबारी–८, मोरङ्गमा श्रद्धापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा भारतको भगाडिही क्षेत्रमा सन् १८५५–५६ मा भएको ऐतिहासिक सन्थाल विद्रोह (हुल आन्दोलन) का महानायक सिदो मुर्मु, कान्हु मुर्मुको नेतृत्वमा सहभागी चाँद मुर्मु, भैरब मुर्मु, फुलो मुर्मु, झानो मुर्मु लगायत हजारौं सन्थाल वीर सहिदहरूको योगदानलाई स्मरण गर्दै उच्च सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सहभागीहरूले ब्रिटिस औपनिवेशिक शासनविरुद्ध आफ्नो अस्तित्व, अधिकार र स्वाभिमानका लागि बलिदान दिएका वीर सहिदहरूको सम्झनामा पूजा–अर्चना तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा हुल आन्दोलनले दिएको एकता, साहस र सांस्कृतिक पहिचानको सन्देशलाई वर्तमान पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिइएको थियो । मोरङमा उर्लाबारी -०८ का माझीबाबा बुद्धिलाल सोरेन र झापा बाह्रदशी-०२ माझीबाबा एतवार हाँस्दा नेतृत्वमा हुल दिवस मनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
