झापाका दुई युवा भारतको ठाकुरगञ्जमा पक्राउ, न्यायिक हिरासतमा पठाइयो

झापा। झापाको भद्रपुरका दुई जना युवा भारतको बिहार राज्य अन्तर्गत पर्ने किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज क्षेत्रमा पक्राउ परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विशेष सुरक्षा अपरेसनका क्रममा ठाकुरगञ्ज बस स्ट्यान्ड नजिक शङ्कास्पद अवस्थामा भेटिएका भद्रपुर नगरपालिका–९ निवासी सयर घिमिरे र युनिस निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले ठाकुरगञ्ज पुगेको उद्देश्यबारे स्पष्ट र विश्वसनीय जानकारी दिन नसकेको बताइएको छ। त्यसपछि दुवैलाई उप–विभागीय मजिस्ट्रेटको अदालतमा उपस्थित गराइएको थियो।
अदालतको आदेशपछि थप अनुसन्धानका लागि उनीहरूलाई भारतीय दण्ड संहिताको धारा १२८ अन्तर्गत न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनाबारे भारतीय सुरक्षा निकायले थप अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।
तस्बिर: AI
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
