अमेरिकाको थप हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव चुलियो, कुवेतमा विस्फोटका आवाजसँगै साइरन

सिर्जन मिडिया
२०८३/०३/२५
View Updating
लाइभ: १२ पढ्दैछन्
अमेरिकाको थप हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव चुलियो, कुवेतमा विस्फोटका आवाजसँगै साइरन

असार २५ २०८३ । मंगल मुर्मु । झापा

अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकाले इरानविरुद्ध थप हवाई आक्रमण गर्दै हर्मुज जलडमरूमध्य क्षेत्रमा इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्य रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानका विभिन्न शहरहरूमा विस्फोट भएका खबर आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जहाजहरूलाई थप निशाना बनाएमा अमेरिकाले अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

यता, इरानबाट सम्भावित प्रतिकार हुन सक्ने आशंकामा खाडी क्षेत्रका बहराइन र कुवेतमा उच्च सतर्कता अपनाइएको छ। हवाई आक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्यहाँ बारम्बार हवाई खतरासम्बन्धी साइरन बजाइएको जनाइएको छ।

यसैबीच स्थानीय समयअनुसार बिहान करिब ४ बजे कुवेतमा साइरनसँगै ठूला विस्फोटका आवाजहरू सुनिएको जानकारी प्राप्त भएको छ। यद्यपि ती विस्फोटको कारण र सम्भावित क्षतिको आधिकारिक पुष्टि भने भइसकेको छैन।

तनाव बढ्दै जाँदा मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्