झापा गाउँपालिका–३ को न्यू देवी ज्वेलर्समा चोरी, प्रहरीले अनुसन्धान सुरु

झापा, असार २४
झापा गाउँपालिका–३, कामाटोलीस्थित न्यू देवी ज्वेलर्समा गएराति चोरी भएको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार चोरले भवनको माथिल्लो तल्लाको सिँढी हुँदै पसलभित्र प्रवेश गरी ढोका फोडेर चोरी गरेको बताइएको छ। चोरीमा संलग्न व्यक्तिले पसलभित्र रहेका सुनका गरगहना तथा अन्य सामग्री लैजाने प्रयास गरेको अनुमान गरिएको छ।
चोरी भएका सुन तथा अन्य सामानको यकिन विवरण भने अझै सार्वजनिक गरिएको छैन। क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का, प्रमाण संकलन तथा अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको जनाइएको छ।
उक्त पसलका प्रोप्राइटर सुजन दर्नाल रहनुभएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
