१५ वर्षदेखि हिलाम्मे बाटोको सास्ती: झापा गाउँपालिका–१ मिलनबस्तीका विद्यार्थी र स्थानीयको पीडा

असार २९ । अर्जुन हाँस्दा । मिलनबस्ती
झापाको झापा गाउँपालिका–१ स्थित मिलनबस्तीमा रहेको करिब ५–६ सय मिटर सडक विगत १५ वर्षदेखि जीर्ण अवस्थामा रहेको भन्दै स्थानीयले तत्काल स्तरोन्नतिको माग गरेका छन्।
हरेक वर्ष वर्षायाम सुरु हुनासाथ उक्त सडक हिलाम्मे बन्ने गरेको छ । बाढी र लगातारको वर्षापछि सडकमा आवतजावत गर्न अत्यन्तै कठिन हुने भएकाले विद्यालय जाने विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले दैनिक सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार विद्यालयले विद्यार्थीलाई जुत्ता लगाएर आउन आग्रह गरे पनि सडकको दयनीय अवस्थाका कारण जुत्ता र विद्यालय पोसाक हिलोले भरिने गरेको छ । साना विद्यार्थीहरू हिलोमा लड्ने जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दाले झापा गाउँपालिका, कोशी प्रदेश सरकार तथा नेपाल सरकारसँग उक्त सडकलाई प्राथमिकतामा राखी छिटो निर्माण तथा स्तरोन्नति गर्न माग गरेका छन्। सुरक्षित सडक शिक्षा प्राप्त गर्ने आधारभूत पूर्वाधार भएकाले विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर आवश्यक पहल गर्न उनीहरूको आग्रह छ।
स्थानीयले भनेका छन्, "शिक्षा सबैको अधिकार हो, त्यसैले विद्यालयसम्म सुरक्षित पहुँच पनि प्रत्येक बालबालिकाको अधिकार हो।"
स्थानिय अर्जुन हाँस्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मिलनबस्तीको यो दीर्घकालीन सडक समस्याको शीघ्र समाधान हुनुपर्ने अपेक्षा व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
