महोत्तरीको बर्दिबासमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

सिर्जन मिडिया
२०८३/०३/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
महोत्तरीको बर्दिबासमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

असार २७ । मंगल मुर्मु |

महोत्तरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टबाट प्रहरीले ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित बर्दिबास चोकमा रहेको पूर्व–पश्चिम राजमार्गको ट्राफिक प्रहरी चेकपोस्टमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो।

प्रहरीका अनुसार बा.प्र.०१–००६ ख ७००२ नम्बरको बसमा सवार यात्रुहरूको चेकजाँच गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद पदार्थ तौल गर्दा ३५.०४ ग्राम रहेको पुष्टि भएको छ।

पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको साविक रूपाल गाविस–७ हाल भागेश्वर गाउँपालिका–१ बस्ने २६ वर्षीय पदम ठकुराठी र रौतहटको चन्द्रपुर नगरपालिका–४ गैरीगाउँ बस्ने अन्दाजी १७ वर्षीया सुप्रिया राना मगर रहेका छन्।

प्रहरीका अनुसार उक्त लागुऔषध पदम ठकुराठीको साथबाट फेला परेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्