झापाको खुदुनाबारीमा अस्पतालको शौचालयमै किशोरीले शिशु जन्माइन्, घटनाबारे अनुसन्धान सुरु

सिर्जन मिडिया
२०८३/०३/२५
View Updating
लाइभ: १२ पढ्दैछन्
झापाको खुदुनाबारीमा अस्पतालको शौचालयमै किशोरीले शिशु जन्माइन्, घटनाबारे अनुसन्धान सुरु

असार २५ । दुर्गा मुर्मु | झापा

झापा। झापाको खुदुनाबारीमा कक्षा ११ मा अध्ययनरत एक किशोरीले अस्पतालको शौचालयमा शिशु जन्माएकी छन्। करिब १६/१७ वर्षीया ती किशोरीले उपचारका क्रममा शौचालय जाँदा शिशुलाई जन्म दिएको बताइएको छ।

प्राप्त जानकारीअनुसार अचानक स्वास्थ्यमा समस्या देखिएपछि किशोरीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारका क्रममा उनलाई एक बोतल सलाइन चढाइएको थियो। त्यसपछि शौचालय गएकी किशोरीले त्यहीँ शिशुलाई जन्म दिएको बताइएको छ।

घटना सार्वजनिक भएपछि अस्पताल परिसरमा स्थानीयवासीको भीड लागेको थियो। घटनाको जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रहरीका अनुसार शिशुका बाबु को हुन् भन्ने विषयसहित घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्