दिनदहाडै घर फोडेर लाखौँ बराबरका नगद तथा गरगहना चोरी

सिर्जन मिडिया
२०८३/०४/०३
View Updating
लाइभ: १२ पढ्दैछन्
दिनदहाडै घर फोडेर लाखौँ बराबरका नगद तथा गरगहना चोरी

झापा । झापाको बाह्रदशी गाउँपालिका–१, बोक्राझाडीस्थित एक घरमा दिनदहाडै चोरी भएको छ। घरधनी बाहिर रहेको मौका छोपी अज्ञात व्यक्तिले घरको मूल गेटको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय सुनिता राजवंशीको घरबाट नगद ३२ हजार रुपैयाँ, करिब ६ तोला सुनका गरगहना (सिक्री, औँठी, नेकलेस, झुम्का र मंगलसूत्र) तथा करिब ३० तोला चाँदीका गरगहना (पाउजु, बिच्छी, माला, कम्मरको चाबी रिङ लगायत) चोरी भएको हो।

टिनको छाना र इँटाको गारो भएको चारकोठे घरको फलामे गेटको ताला फोडेर चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घरधनी सुनिता राजवंशी भागुडुब्बामा होटल व्यवसाय सञ्चालन गर्दै आएकी छन् भने उनकी छोरी भूमिका राजवंशी बिर्ताबजारस्थित भाग्य फर्टिलिटीमा कार्यरत छिन्। उनीहरू घरमा दुई जना मात्र बस्ने गरेको बताइएको छ।

घटनाबारे स्थानीयले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरी खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्