झापाको गौरीगञ्जमा कार–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

सिर्जन मिडिया
२०८३/०४/०२
View Updating
लाइभ: १२ पढ्दैछन्
झापाको गौरीगञ्जमा कार–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२, कृष्ण खोला नजिक हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार हिजो दिउँसो करिब १ बजे पश्चिमबाट पूर्वतर्फ तुलाचन चोक जाँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुर निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र पछाडि सवार सोही स्थानका ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए।

घाइते इस्लामलाई दमक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै मोजाबुल हकलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा संलग्न कार प्रहरीको नियन्त्रणमा रहेको छ। कार चालक विराटनगर–१३ निवासी ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्