क्यान्सरपीडित गीता मार्डीलाई श्री सेंगेल ग्रुप (कतार)द्वारा खाद्यान्न तथा नगद सहयोग

सिर्जन मिडिया
२०८३/०४/०१
View Updating
लाइभ: १२ पढ्दैछन्
क्यान्सरपीडित गीता मार्डीलाई श्री सेंगेल ग्रुप (कतार)द्वारा खाद्यान्न तथा नगद सहयोग

मोरङ् । उर्लाबारी–८, कुचाटोला (मौलिबारी) निवासी पाठेघरको क्यान्सरबाट पीडित गीता मार्डीलाई श्री सेंगेल ग्रुप (कतार) ले खाद्यान्न तथा नगद सहयोग प्रदान गरेको छ ।

गीता मार्डीको स्वास्थ्य अवस्था, उपचारमा भइरहेको कठिनाइ तथा परिवारको आर्थिक अवस्थाबारे समाचार प्रकाशन गरी सहयोगका लागि सार्वजनिक अपिल गरिएपछि विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट सहयोग आउने क्रम सुरु भएको छ ।

यसैक्रममा श्री सेंगेल ग्रुप (कतार) का सदस्य गोविन्द टुडु र सिर्जन मिडिया का शिव हास्दा बिरामीको घरमै पुगेर चामल ३ बोरा, सेलो तेल ५ प्याकेट, दाल ५ केजी, आलु १० केजी, स्याउ २.५ केजी तथा नगद रु. २,१०० हस्तान्तरण गरिएको हो ।

गोविन्द टुडुले विपद् र कठिन परिस्थितिमा परेका परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै यस्ता मानवीय कार्यमा सबैको साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

बिरामी परिवारले सहयोग उपलब्ध गराएको श्री सेंगेल ग्रुप (कतार) तथा सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै उपचारका लागि अझै आर्थिक सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघ–संस्था तथा देश–विदेशमा रहनुभएका नेपालीहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्