अबदेखि फेरि १४.२ केजीकै एलपिजी ग्यास, प्रतिसिलिन्डर मूल्य रु. २,०६० कायम

सिर्जन मिडिया
२०८३/०३/३१
View Updating
लाइभ: १२ पढ्दैछन्
 अबदेखि फेरि १४.२ केजीकै एलपिजी ग्यास, प्रतिसिलिन्डर मूल्य रु. २,०६० कायम

निगमले आज (बुधबार) देखि देशभर पुनः साविकबमोजिम १४.२ केजी क्षमताको एलपिजी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

यसअघि २०८२ फागुन २९ गतेदेखि आधा अर्थात् ७.१ केजी ग्यास भरिएका सिलिन्डर मात्रै बिक्री वितरण हुँदै आएको थियो । अब भने उपभोक्ताले पुनः १४.२ केजी ग्यास भरिएको सिलिन्डर प्राप्त गर्नेछन् ।

निगमले बुधबारदेखि लागू हुने गरी १४.२ केजी वजनको पूर्ण ग्यास सिलिन्डरको उपभोक्ता मूल्य प्रतिसिलिन्डर रु. २,०६० निर्धारण गरेको जनाएको छ।

साथै, बजारमा रहेका ७.१ केजीका पुराना सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन हुन केही समय लाग्ने भएकाले तत्कालका लागि ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बिक्री वितरणमा रहने निगमले स्पष्ट पारेको छ।

नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकताअनुसार उपलब्ध सिलिन्डर खरिद गर्न तथा आधिकारिक बिक्रेतामार्फत मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्