पुँड बुरु म्यागाजिनमा रचना पठाउने म्याद साउन १० सम्म थप

सिर्जन मिडिया
२०८३/०३/३१
View Updating
लाइभ: १२ पढ्दैछन्
  पुँड बुरु म्यागाजिनमा रचना पठाउने म्याद साउन १० सम्म थप

झापा । सन्थाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित हुँदै आएको पुँड बुरु म्यागाजिन ले रचना संकलन गर्ने समयसीमा २०८३ साउन १० गतेसम्म थप गरेको छ।

म्यागाजिनले कविता, निबन्ध, कथा, संवाद तथा खोजलेख लगायतका सन्थाली साहित्यिक विधामा रुचि भएका लेखक, साहित्यकार, विद्यार्थी तथा स्रष्टाहरूलाई आफ्ना मौलिक रचना पठाउन आग्रह गरेको छ।

सम्पादकीय टोलीका अनुसार इच्छुक स्रष्टाहरूले आफ्नो रुचिको विधा छनोट गरी प्रधान सम्पादकसँग समन्वय गरेर निर्धारित नियमअनुसार रचना पठाउन सक्नेछन्। म्याद थप गरिएकाले हालसम्म रचना पठाउन नसकेका स्रष्टाहरूलाई पनि सहभागिता जनाउने अवसर प्राप्त भएको छ।

रचना पठाउन वा थप जानकारीका लागि:

प्रधान सम्पादक: शिबु मुर्मु

सम्पर्क: ९८१६९९८२९०

इमेल: [email protected], [email protected]

पुँड बुरु म्यागाजिनले सबै सन्थाली भाषा तथा साहित्यप्रेमीलाई समयमै गुणस्तरीय रचना पठाई यस साहित्यिक अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्