विद्युत् सर्ट हुँदा मेचीनगरमा घर जलेर नष्ट, करिब ४२ लाख रुपैयाँ बराबरको क्षति

सिर्जन मिडिया
२०८३/०३/१९
View Updating
लाइभ: १२ पढ्दैछन्
विद्युत् सर्ट हुँदा मेचीनगरमा घर जलेर नष्ट, करिब ४२ लाख रुपैयाँ बराबरको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनामा करिब ४२ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार बिहान करिब १०:४५ बजे स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा अचानक आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टबाट आगो लागेको देखाएको छ।

आगलागीबाट घरभित्र रहेका सुन–चाँदीका गरगहना, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य घरायसी सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको संयुक्त प्रयासमा आगोलाई बिहान ११:४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्