झापाको कमलस्थित एपीएफ क्याम्पमा करेन्ट लागेर जवानको मृत्यु, अनुसन्धान जारी

सिर्जन मिडिया
२०८३/०४/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
झापाको कमलस्थित एपीएफ क्याम्पमा करेन्ट लागेर जवानको मृत्यु, अनुसन्धान जारी

झापा । झापाको कमल गाउँपालिका–पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल (एपीएफ) क्याम्पमा कार्यरत जवान सुबिन खत्रीको करेन्ट लागेर मृत्यु भएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार सुनसरीको खानार घर भएका करिब ३० वर्षीय खत्री क्याम्पभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ। यस सम्बन्धमा एपीएफ वा अन्य सम्बन्धित निकायबाट विस्तृत आधिकारिक विवरण आउन बाँकी छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्