परोपकार घाटमा आपत्तिजनक गतिविधि गरेको आरोपमा चार जना नियन्त्रणमा

मोरङ प्रहरीले विराटनगरको परोपकार घाट क्षेत्रबाट सार्वजनिक स्थलमा आपत्तिजनक तथा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब १२:३० बजे विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट क्षेत्रमा केही व्यक्तिहरूले होहल्ला गरिरहेको र सार्वजनिक स्थानमै अनुचित गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ। पक्राउ पर्नेहरूमा विराटनगर–६ का शुरेन्द मणि मण्डल, सुनसरीको रामधुनी–६ का कैलाश ढुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का मानिस काफ्ले तथा विराटनगर–४ का छविलाल घिमिरे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सार्वजनिक शिष्टाचार र सामाजिक मर्यादा विपरीत गतिविधि गरेको आरोपमा उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
