
झापा । झापाको झिलझिले क्षेत्रमा नवजात शिशुको हत्या गरी शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार २ गते झिलझिलेस्थित खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा पीडित किशोरीले आफ्नै बाबुले जबर्जस्ती करणी गरेको र त्यसबाट जन्मिएको शिशुको हत्या गरी शव गाडिएको बयान दिएकी थिइन्।
प्रहरीका अनुसार घटनापछि फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो। उनी आफ्नी छोरीसँगै बसिरहेको अवस्थामा फेला परेका थिए।
नवजात शिशु हत्या तथा हाडनाता करणी सम्बन्धी कसुरमा झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई झापा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले पीडित किशोरीलाई आवश्यक संरक्षणका लागि सुरक्षित आवास (नेपाल कोकुन) मा राखिएको जानकारी दिएको छ।
तस्बिर: Ai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
