भद्रपुरमा दुई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

सिर्जन मिडिया
२०८३/०३/१२
View Updating
लाइभ: १२ पढ्दैछन्
भद्रपुरमा दुई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–५ मा दुई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतो रहेका छन्। उनीहरूलाई बुधबार राति करिब १० बजे भएको घटनापछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, दुई किशोरी विद्यालयको खुला चौरमा साथीहरूसँग बसेका बेला आरोपितहरूले ‘घरसम्म पुर्‍याइदिन्छौं’ भन्दै उनीहरूलाई त्यहाँबाट लगेका थिए। त्यसपछि डरत्रास देखाउँदै नजिकैको एक खाली घरमा लगेर उनीहरूमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।

घटनापछि पीडित किशोरीहरूले घर पुगेर अभिभावकलाई जानकारी गराएपछि बिहीबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी परेको थियो। उजुरी प्राप्त हुनासाथ प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाएको जनाएको छ।

प्रहरीले पीडितहरूको स्वास्थ्य परीक्षण सम्पन्न गरिसकेको छ। घटनासम्बन्धी जबरजस्ती करणी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्