नागरिकता सिफारिस प्रकरणले तान्यो जनप्रतिनिधिलाई प्रहरी हिरासतमा

सिर्जन मिडिया
२०८३/०३/११
View Updating
लाइभ: १२ पढ्दैछन्
नागरिकता सिफारिस प्रकरणले तान्यो जनप्रतिनिधिलाई प्रहरी हिरासतमा

झापा । मोरङ प्रहरीले झुट्टा विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेवलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधुनिया महतो भएको भनी झुट्टा विवरण पेश गरी अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने प्रयोजनका लागि सर्जमिन सिफारिस गराएका थिए।

उक्त प्रकरणमा वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले झुट्टा विवरणका आधारमा सिफारिस गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङबाट प्राप्त पत्र तथा कागजातका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले नागरिकताजस्तो संवेदनशील विषयमा गलत विवरण पेश गर्ने तथा त्यस्ता विवरणलाई प्रमाणित गर्ने कार्यमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्