विदेशमा समस्यामा परेकी रमिता हास्दा सुरक्षित स्वदेश फर्किइन्, सहयोगकर्ताप्रति नगर प्रमुखद्वारा धन्यवाद

सिर्जन मिडिया
२०८३/०२/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
 विदेशमा समस्यामा परेकी रमिता हास्दा सुरक्षित स्वदेश फर्किइन्, सहयोगकर्ताप्रति नगर प्रमुखद्वारा धन्यवाद

भद्रपुर, झापा । विदेशमा रहँदा विभिन्न दुःखद तथा जटिल परिस्थितिमा परेकी भद्रपुर नगरपालिका–९ दुर्जन टोलकी रमिता हास्दा सुरक्षित रूपमा स्वदेश फर्किएकी छन्।

उहाँलाई स्वदेश फर्काउन आवश्यक पहल, समन्वय तथा सहयोग पुर्‍याउने भद्रपुर–९ निवासी तथा हाल दुबईमा कार्यरत प्रविण चौहानको विशेष योगदान रहेको बताइएको छ। स्वदेश फर्किएपछि हास्दा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललाई धन्यवाद ज्ञापन गर्न नगरपालिकाको कार्यकक्षमा पुगेर भेटघाट गर्नुभएको थियो।

भेटका क्रममा नगर प्रमुख पोखरेलले समस्यामा परेका नागरिकको साथमा उभिनु स्थानीय सरकारको जिम्मेवारी र दायित्व भएको बताउनुभयो। उहाँले मानवीय संवेदना, सहयोग र उत्तरदायित्वलाई केन्द्रमा राखेर नगरपालिकाले नागरिकका हरेक सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्नुभयो।

विदेशमा समस्यामा परेकी एक महिलालाई सुरक्षित रूपमा घर फर्काउन प्रविण चौहानले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नगर प्रमुख पोखरेलले उहाँप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, आवश्यक पर्दा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकको हितका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

रमिता हास्दाको सुरक्षित घर फिर्तीसँगै परिवारमा खुसीको वातावरण छाएको छ। यस घटनाले स्थानीय सरकारप्रतिको नागरिकको विश्वास थप मजबुत भएको अनुभूति गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी दिनमा पनि नागरिकको सुरक्षा, अधिकार र हितलाई प्राथमिकतामा राख्दै सेवा र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्