कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रशोधनको काम तीव्र बनाएको जनाएको छ।
बैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार असार दोस्रो साताभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
नतिजा ढिलाइ हुँदा विद्यार्थीमा तनाव बढ्ने भएकाले सरकारको निर्देशनअनुसार प्रक्रिया छिटो अघि बढाइएको छ। यसअघि एसइई परीक्षाको नतिजा पनि छोटो समयमा नै सार्वजनिक गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
