मोरङको गुरुङटोलमा दुई टिफर ठोक्किँदा दुर्घटना, चालक सकुशल

सिर्जन मिडिया
२०८३/०२/०५
View Updating
लाइभ: १२ पढ्दैछन्
मोरङको गुरुङटोलमा दुई टिफर ठोक्किँदा दुर्घटना, चालक सकुशल

किसन बेस्रा

उर्लाबारी, जेष्ठ ५ — मोरङको उर्लाबारी नगरपालिका–८ गुरुङटोल क्षेत्रमा आज दिउँसो करिब १ः५० बजे दुई टिफर एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

उर्लाबारीबाट इटहरातर्फ जाँदै गरेको टिफर र विपरीत दिशाबाट आउँदै गरेको अर्को टिफर आपसमा ठोक्किँदा एक टिफर अनियन्त्रित भई अर्को सवारीसाधनमा समेत ठोक्किएको स्थानीयले बताएका छन्।

दुर्घटनामा संलग्न चालकहरू सकुशल रहेको जनाइएको छ। तर, दुर्घटनापछि एक चालक घटनास्थलबाट फरार भएको स्थानीय स्रोतले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भए पनि प्रहरी टोली समाचार तयार पार्दासम्म घटनास्थलमा पुग्न नसकेको बताइएको छ। दुर्घटनाको कारण र क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ भने स्थानीय बासिन्दाले समेत दुर्घटनासम्बन्धी विवरण संकलन गरिरहेका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्