भद्रपुरमा ३६ वर्षीय पुरुष मृत फेला

सिर्जन मिडिया
२०८३/०२/०१
View Updating
लाइभ: १२ पढ्दैछन्
भद्रपुरमा ३६ वर्षीय पुरुष मृत फेला

झापा । झापाको भद्रपुर नगरपालिका–०८ स्थित भद्रपुर कारागार अगाडि नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक भद्रपुर–०८ निवासी अन्दाजी ३६ वर्षीय बुधलाल किस्कु रहेको स्थानीयले बताएका छन् । स्थानीय हुप्ना किस्कुको अनुसार बुधलाल गत मङ्गलबार घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी बुधबार बिहान करिब ९ बजे नालीमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले शवलाई आवश्यक प्रक्रिया तथा अनुसन्धानका लागि नियन्त्रण भईसकेको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्