घरभित्र थुनेर जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

सिर्जन मिडिया
२०८३/०३/२०
View Updating
लाइभ: १२ पढ्दैछन्
घरभित्र थुनेर जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापमा एक २४ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, बिहीबार साँझ करिब ७:१५ बजे आरोपितले युवतीलाई आफ्नै घरको एउटा कोठाभित्र लगेर ढोका थुनी जबरजस्ती करणी गरेको आरोप लागेको हो।

घटनाका क्रममा पीडित युवतीका भाइले कोठाको ढोका बन्द रहेको देखेपछि खोल्न आग्रह गरेका थिए। तर आरोपितले तत्काल ढोका नखोली करिब २०–२५ मिनेटपछि मात्र खोलेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी गोलधापबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी चौकीबाट करिब ५०० मिटर उत्तरमा रहेको उक्त घरबाट प्रहरीले पीडित र आरोपित दुवैलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि दुवै जनाको स्वास्थ्य परीक्षण (मेडिकल) गरिसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्