विद्यार्थीको सामूहिक जाहेरीपछि झापाका शिक्षक प्रहरी नियन्त्रणमा

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विद्यालयमा कार्यरत दुर्गा शिवाकोटी रहेका छन् । विद्यालयका केही छात्राहरूले उनीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा सामूहिक जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जाहेरीमा शिक्षक शिवाकोटीले विभिन्न प्रलोभन देखाउँदै व्यक्तिगत भेटघाटका लागि दबाब दिएको, अनुचित व्यवहार गरेको तथा घटनाबारे कसैलाई जानकारी दिए परिणाम भोग्नुपर्ने भन्दै धम्की दिएको आरोप उल्लेख गरिएको छ ।
प्रहरीले उजुरी दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। आरोप सम्बन्धमा कानुनी प्रक्रिया जारी रहेको र अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
