विदेशबाट अरबौँ मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः मन्त्री चौधरी

झापा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अरवौको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमा नै मल कारखाना वा अन्य कुनै बिकल्प सिर्जना गरेर भएपनि विदेशबाट अरवौको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी हुन्।
नेपालमा नै प्रयाप्त मल उत्पादन गर्न सके मल खरिदका लागि छुट्टाइने अरर्वौ रकम कृषि क्षेत्रको बिकासमा उपयोग गर्न सकिने उनको भनाइ छ । मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गरिन् ।
उनले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधारका लागि मन्त्रालय अघि बढेको जानकारी दिइन्। कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने लगाएतका बिषयमा आफु गम्भीर रहेको उनले बताइन्।
मन्त्री चौधरीले कृषकलाई राज्यले उचित सहजीकरण गर्न सके राम्रो उत्पादन र सहज रुपमा बजारसंग जोड्न सकिने धारणा राखेकी थिइन् ।
त्यस्तै बैठकमा समिति सदस्यहरुले कृषि उत्पादनहरुको बजारीकरणका क्रममा कृषकहरु मारमा पर्ने गरेको भन्दै बिचौलियाको हस्तक्षेपलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले रसायनिक भन्दा प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिने ल्याउनुपर्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
