झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु

सिर्जन मिडिया
२०८३/०३/०३
View Updating
लाइभ: १२ पढ्दैछन्
झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु

झापा — झापाको गौरादहमा टिपर र साइकल ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मादक पदार्थ सेवन गरी साइकल चलाइरहेका व्यक्तिको दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार राति गौरादह नगरपालिका–१ अन्तर्गत पाडाजुंगी–गौरीगञ्ज भित्री सडकखण्डमा भएको दुर्घटनामा गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो।

नवदुर्गा पेट्रोल पम्प नजिक डिपु चोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईंलाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्‍याइएको थियो। तर उपचार सुरु गर्नुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले टिपरसहित चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक तथ्यहरूले गुरागाईंले मादक पदार्थ सेवन गरेको अवस्था रहेको संकेत गरेका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारण र सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्