देशभर बदली, मेघगर्जन र हावाहुरीको सम्भावना

सिर्जन मिडिया
२०८३/०२/१२
View Updating
लाइभ: १२ पढ्दैछन्
देशभर बदली, मेघगर्जन र हावाहुरीको सम्भावना

झापा ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मौसमी गतिविधि सक्रिय रहेको जनाएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिइएको छ।

बुधबार पनि देशभर आंशिकदेखि सामान्य वर्षा हुने अनुमान गरिएको छ। यस दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना रहनेछ।

यसैगरी बिहीबार मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागमा हावाहुरीको जोखिम रहने महाशाखाले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्