लगनशीलता, नियमितता तथा अनुशासनमा सम्मान सेशिला मुर्मु

झापा, गौरादह — श्री प्रगति माध्यमिक विद्यालय, गौरादह–८, ग्वालडुब्बाले आफ्नो ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुलाई सम्मान तथा सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत स्व. नन्दमणी पवित्रादेवी सेताइ स्मृति कोष मार्फत कक्षा १० मा अध्ययनरत शेरिला मुर्मु लाई अध्ययनप्रतिको लगनशीलता, नियमितता तथा अनुशासनको उच्च मूल्याङ्कन गर्दै रु. १,१०० नगद छात्रवृत्ति सहित प्रमाण–पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह, जिम्मेवारी र उत्कृष्टता हासिल गर्ने प्रेरणा बढ्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
