सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, साउनदेखि लागु हुने

झापा । सरकारी सेवामा कार्यरत कर्मचारीहरूको तलब संरचनामा सरकारले नयाँ समायोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी करिब २१ प्रतिशतले तलब वृद्धि गर्ने निर्णय सार्वजनिक गरिएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै यो निर्णय जानकारी गराएका हुन्। नयाँ व्यवस्था अनुसार आधारभूत तलबमा १० प्रतिशत वृद्धि हुने छ भने थप १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। हाल दिँदै आएको महँगी भत्ता भने यथावत रहनेछ।
सरकारले यसलाई कर्मचारीको सेवा प्रवाह सुधार, कामप्रति उत्प्रेरणा वृद्धि तथा बढ्दो जीवनयापन खर्चलाई ध्यानमा राखेर गरिएको कदमका रूपमा व्याख्या गरेको छ।
नयाँ तलब संरचना लागू भएपछि सरकारी कर्मचारीको मासिक आम्दानी करिब ४० हजारदेखि १ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। यो व्यवस्था आगामी साउनदेखि कार्यान्वयनमा आउनेछ।
सरकारको यो निर्णयले कर्मचारी क्षेत्रभित्र सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
