कक्षा १२ को नतिजा प्रकाशित

सिर्जन मिडिया
२०८३/०३/०५
View Updating
लाइभ: १२ पढ्दैछन्
कक्षा १२ को नतिजा प्रकाशित

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनभित्रै नतिजा प्रकाशन गर्दै यस वर्ष छिटो नतिजा सार्वजनिक गर्न सफल भएको जनाएको छ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए।

नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य समूहका २९० जना परीक्षार्थी रहेका थिए।

परीक्षा सञ्चालनका लागि नेपालभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। सबैभन्दा बढी १६१ परीक्षा केन्द्र काठमाडौं जिल्लामा रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्रै परीक्षा केन्द्र तोकिएका थिए।

बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको आधिकारिक वेबसाइट तथा अन्य अनलाइन माध्यमबाट हेर्न सक्नेछन्। साथै, एसएमएस सेवा र विभिन्न सेवा प्रदायकमार्फत पनि नतिजा प्राप्त गर्न सकिने जनाइएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्