धान रोपाइँको मुखमा भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल आउने

सिर्जन मिडिया
२०८३/०२/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
धान रोपाइँको मुखमा भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल आउने

झापा । भारत सरकारले नेपाललाई ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल बिक्री गर्न स्वीकृति दिएको छ। जीटुजी सम्झौताअनुसार हुने यो आपूर्तिको प्रक्रिया दुवै देशका निकायले तीव्र गतिमा अघि बढाएका छन्।

धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै मल अभावको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग सहयोग मागेको थियो। भारतले 'Neighbourhood First' नीतिअन्तर्गत मल उपलब्ध गराउने निर्णय गरेको हो।

भारतको नेशनल केमिकल्स एन्ड फर्टिलाइजर्स (RCF) ले मल दिने सहमति जनाएपछि अहिले RCF र कृषि सामग्री कम्पनी लिमिटेड (KSCL) ले खरिद तथा ढुवानीको प्राविधिक तयारी गरिरहेका छन्।

साउन १५ भित्र मल ल्याउने लक्ष्य

KSCL का सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले भारतबाट औपचारिक स्वीकृति आइसकेको बताए। “सरकारले समयमै रकम निकासा गरिदिए साउनको मध्यसम्ममा मल नेपाल आइपुग्छ,” उनले भने।

स्रोतका अनुसार सबै प्रशासनिक र प्राविधिक प्रक्रिया समयमै टुंगिए साउन १५ भित्र मल नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।

विश्वव्यापी राजनीतिक तनाव र आपूर्ति श्रृंखलामा आएको समस्याले धेरै मुलुकमा रासायनिक मलको अभाव छ। तर भारतले नेपालमा रोपाइँ प्रभावित नहोस् भनेर यो परिमाणको मल दिन अनुमति दिएको हो

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्