झापामा सम्बन्ध विच्छेद प्रमाणपत्रका लागि रु. १० हजार घुस लिँदै वडा सचिव अजयकुमार साह रंगेहात पक्राउ

शिव हास्दा
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–१ नम्बर वडा कार्यालयमा कार्यरत वडा सचिव अजयकुमार साह रु. १० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरी परेपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो।
निगरानीका क्रममा वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १० हजार घुस लिइसकेको अवस्थामा गौरीगञ्ज–१ स्थित कुञ्जीबारी बजारको एक होटलबाट उक्त रकमसहित रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न अनावश्यक दुःख दिएर घुस मागिएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
