अज्ञात मोटरसाइकलको ठक्करबाट बाह्रदशीका लुखीराम टुडु गम्भीर घाइते, उपचारका लागि सहयोगको अपिल

बाह्रदशी — झापाको बाह्रदशी गाउँपालिका–६ निवासी ३४ वर्षीय लुखीराम टुडु अज्ञात मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्।
प्राप्त विवरणअनुसार, २०८३ साल साउन ९ गते राति करिब १२:१० बजेको समयमा टुडु घरबाट बाटोतर्फ निस्किएको अवस्थामा पछाडिबाट आएको अज्ञात मोटरसाइकलले ठक्कर दिएर फरार भएको बताइएको छ। घटनापछि ठक्कर दिने मोटरसाइकल र चालक हालसम्म पत्ता लाग्न सकेका छैनन्।
दुर्घटनामा परी टुडुको टाउकोमा रगत जमेको छ भने चारवटा करङ भाँचिनुका साथै फोक्सोमा समेत रगत जमेको बताइएको छ। उनको हाल झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।
पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उपचारका क्रममा अस्पतालमा लाखौँ रुपैयाँ खर्च भइसकेको जनाइएको छ। दुर्घटना गराएर फरार भएका व्यक्तिको पहिचान तथा खोजी भइरहेको भए पनि हालसम्म पत्ता लाग्न नसकेको बताइएको छ।
गम्भीर अवस्थामा उपचाररत लुखीराम टुडुको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन परिवार तथा आफन्तले सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गरेका छन्। सानो सहयोगले पनि घाइते टुडुको उपचारमा ठूलो राहत पुग्ने भएकाले इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई सकेसम्म सहयोग गरिदिन अनुरोध गरिएको छ।
सहयोगको लागि सम्पर्क :
बिरामीको नजिकको सम्पर्क : 9815959597
सहयोग लागि बैक विवरण :
Holder Name: Shivlal Tudu
Account Number: 0095750955426001
Bank Name: NIC ASIA Bank
Branch Name: Birtamode Branch
Esewa मार्फत
User : Shivlal Tudu
ID No : 9815959597
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
