६ लाख घुससहित चुलाचुली गाउँपालिकाका इन्जिनियर अख्तियारको फन्दामा

सिर्जन मिडिया
२०८३/०३/३१
View Updating
लाइभ: १२ पढ्दैछन्
६ लाख घुससहित चुलाचुली गाउँपालिकाका इन्जिनियर अख्तियारको फन्दामा

झापा ।इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने र निर्माण कम्पनीको ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने आश्वासन दिँदै खड्काले सेवाग्राहीसँग घुस मागेका थिए। सोही उजुरीका आधारमा विशेष निगरानी गरी घुस लेनदेन भइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको हो।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्