झापाको बिर्तामोडमा टिपरको ठक्करबाट घाइते वृद्धाको मृत्यु

झापा।झापाको बिर्तामोडमा टिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ६:३५ बजे बिर्तामोड नगरपालिका–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोड–भद्रपुर सडकखण्डमा दुर्घटना भएको हो। बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले पैदल हिँडिरहेकी बिर्तामोड–३ निवासी ७० वर्षीया लीलामाया बुढाथोकीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज दिउँसो करिब १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले दुर्घटनामा संलग्न टिपर र चालक कचनकवल गाउँपालिका–५ निवासी २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
