जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन समितिको म्याद ४५ दिन थप

झापा ।सरकारले जेनजी आन्दोलनका क्रममा २०८२ साल भदौ २३ र २४ गते भएका घटनाबारे अध्ययन गरिरहेको समितिको कार्यअवधि थप गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनमाथि थप अध्ययन तथा सिफारिसका लागि गठित समितिको म्याद ४५ दिन बढाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृह मन्त्रालयको प्रस्तावका आधारमा समितिलाई थप समय प्रदान गरिएको जानकारी दिए। उनका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न समितिलाई थप ४५ दिनको समय दिइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
