कतारको रस लाफान औद्योगिक क्षेत्रमा विस्फोट, मानवीय क्षति भएन

झापा । कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा आइतबार राति करिब १०:३० बजे आन्तरिक विस्फोट भएको छ। विस्फोटपछि कारखानाको केही भागमा आगलागी भएको भए पनि कुनै मानवीय क्षति नभएको कतारको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त हुनेबित्तिकै नागरिक सुरक्षा टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। साथै, सुरक्षा निकायले प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छन्।
प्रारम्भिक अनुसन्धानले प्राविधिक समस्याका कारण विस्फोट भएको संकेत गरेको छ। घटनामा कुनै कामदार घाइते नभएको र ग्यास तथा अन्य रासायनिक पदार्थको चुहावटसमेत नभएको अधिकारीहरूले स्पष्ट पारेका छन्।
कतारको प्रमुख ऊर्जा केन्द्रका रूपमा परिचित रस लाफान क्षेत्रबाट विश्वका विभिन्न देशमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात हुँदै आएको छ।
घटनाको विस्तृत कारण पत्ता लगाउन प्राविधिक टोलीले अनुसन्धान जारी राखेको जनाउँदै कतारी अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
