‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम ह्याक भएको दाबी

झापा । ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दिपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको बताएका छन् । अभिजित दीपकले आफ्नो पूर्व खाताबाट एउटा पोस्टमा लेखे , “हामीसँग हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन। यसपछिको कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक बयान मान्नु हुँदैन।”
उनले लेखे , “कक्रोच जनता पार्टीको इन्स्टाग्राम पेज ह्याक भयो। मेरो व्यक्तिगत इन्स्टाग्राम अकाउन्ट ह्याक भयो। एक्स अकाउन्ट ब्लक भयो। ब्याकअप अकाउन्ट पनि डिलिट भयो।”
कक्रोच जनता पार्टीका इन्स्टाग्राममा २ करोड १७ लाख फलोअर्स छन्, जुन सत्तारुढ भाजपाको फलोअर्सको संख्याभन्दा दोब्बर बढी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
