नेपालसँग टिकटकको कर विवाद चर्कियो, “भ्याट तिर्दैनौं” भन्दै आयो लिखित जवाफ

सिर्जन मिडिया
२०८३/०२/१०
View Updating
लाइभ: १२ पढ्दैछन्
नेपालसँग टिकटकको कर विवाद चर्कियो, “भ्याट तिर्दैनौं” भन्दै आयो लिखित जवाफ

झापा । नेपालमा करोडौं रुपैयाँ आम्दानी गरिरहेको लोकप्रिय सामाजिक सञ्जाल TikTok ले सरकारलाई तिर्नुपर्ने भ्याटबारे अस्वीकारात्मक जवाफ दिएको छ ।

ठूला करदाता कार्यालयले पटक–पटक ताकेता गरेपछि टिकटकले लिखित पत्र पठाउँदै आफूले नेपाललाई छुट्टै भ्याट तिर्न नपर्ने दाबी गरेको हो । कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माका अनुसार चालु आर्थिक वर्षको फागुनमै बुझाउनुपर्ने कर हालसम्म प्राप्त भएको छैन ।

यूएइस्थित टिकटकको क्षेत्रीय कार्यालयबाट पठाइएको पत्रमा Apple र Google मार्फत भ्याट तिरिरहेको उल्लेख गरिएको छ । एपस्टोर र प्लेस्टोरसँगको सम्झौताअनुसार त्यहीँबाट कर तिर्ने व्यवस्था भएकाले नेपाललाई पुनः कर तिर्न आवश्यक नरहेको टिकटकको दाबी छ ।

तर अर्थ मन्त्रालयका अधिकारीहरूले भने उक्त तर्कलाई सहज रूपमा स्वीकार गर्न नसकिने बताएका छन् । उनीहरूका अनुसार विदेशी कम्पनीबीच भएको सम्झौताले नेपालको कर कानुनलाई प्रतिस्थापन गर्न सक्दैन ।

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले पनि टिकटकसहित केही डिजिटल कम्पनीबाट उठ्नुपर्ने कर पूर्ण रूपमा असुल हुन नसकेको औंल्याएको छ ।

यसअघि लगातार दुई आर्थिक वर्षमा टिकटकले करोड ३६ लाख रुपैयाँ भ्याट बुझाएको थियो । तर चालु आर्थिक वर्ष २०८२/०८३ मा भने कुनै रकम दाखिला नभएको ठूला करदाता कार्यालयको भनाइ छ ।

नेपाल सरकारले तीन वर्षअघि सामाजिक सद्भावमा असर पुगेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । पछि ByteDance ले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा आएको थियो ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्