बिर्तामोडमा श्रीमतीमाथि आक्रमणपछि श्रीमानको मृत्यु

सिर्जन मिडिया
२०८३/०३/०५
View Updating
लाइभ: १२ पढ्दैछन्
बिर्तामोडमा श्रीमतीमाथि आक्रमणपछि श्रीमानको मृत्यु

झापा । बिर्तामोड–५ अन्नपूर्ण चोकमा शुक्रबार बिहान एक दम्पतीबीच भएको घरायसी विवाद दुःखद घटनामा परिणत भएको छ।

प्रहरीका अनुसार आज (२०८३ असार ५ गते) बिहान करिब ५ः३० बजे ७२ वर्षीय घिरेन राजवंशी र उनकी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीबीच विवाद भएको थियो। विवादका क्रममा घिरेनले फलामको रड प्रयोग गरी गंगामुनीको पेटमा प्रहार गर्दा उनी घाइते भएकी हुन्।

घाइते गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा छिन्।

श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।

उनीलाई पनि तत्काल उद्धार गरी बिर्तासिटी अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

घटनाबारे प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्