नेपालका सन्थाली युवा बिनोद टुडु भारतको Mr. Ernakulam Championship मा दोस्रो

नेपालका सन्थाली युवा बिनोद टुडुले भारतमा आयोजित प्रतिष्ठित Mr. Ernakulam Bodybuilding & Fitness Championship 2026 मा दोस्रो स्थान हासिल गर्दै
अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेका छन् ।
मे १६, २०२६ मा भारतको एर्नाकुलममा सम्पन्न प्रतियोगितामा विभिन्न देश तथा क्षेत्रका प्रतिस्पर्धीहरू सहभागी रहेका थिए । उक्त प्रतियोगितामा बिनोद टुडुले आफ्नो उत्कृष्ट फिटनेस, आत्मविश्वास र कडा मेहनतको प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन् ।
उनको यस सफलताले नेपाली खेलकुद क्षेत्रसँगै सन्थाली समुदायमा समेत खुसी र गर्वको वातावरण सिर्जना गरेको छ । लामो समयदेखि निरन्तर अभ्यास, अनुशासन र परिश्रममा जुट्दै आएका बिनोदको उपलब्धिलाई धेरैले प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् ।
स्थानीय युवा तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । बिनोद टुडुको यो सफलता आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका थप प्रतियोगितामा सहभागी हुन ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
नेपाल तथा सम्पूर्ण सन्थाली समुदायको तर्फबाट बिनोद टुडुलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
