चीनको कोइला खानीमा भीषण विष्फोट : ९० जनाको मृत्यु, उद्धार कार्य जारी

झापा।चीनको साआन्सी प्रान्तमा भएको कोइला खानी विष्फोटले ठूलो जनधन क्षति पुर्याएको छ। सरकारी स्रोतका अनुसार घटनामा हालसम्म ९० जनाको मृत्यु भइसकेको छ।
शुक्रबार साँझ करिब ७:२९ बजे भएको ग्यास विष्फोटका समयमा खानीभित्र २४७ जना मजदुर कार्यरत थिए। अचानक भएको विस्फोटपछि खानी क्षेत्रमा उद्धार तथा खोजी अभियान तीव्र पारिएको छ।
चीनको सरकारी समाचार संस्था Xinhua News Agency ले जनाएअनुसार Shaanxi Province मा रहेको Tongzhou Group को खानीमा ग्यास लिकका कारण विस्फोट भएको हो।
घटनापछि राष्ट्रपति Xi Jinping ले उद्धार कार्यलाई प्राथमिकतामा राख्दै घाइतेहरूको उपचार छिटो गर्न निर्देशन दिएका छन्। खोजी कार्य अझै जारी रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
