हराएकी किशोरीको खोजीमा सहयोग गरिदिनुहोस्

झापा जिल्ला, बाह्रदशी गाउँपालिका–०२ सुकुम्बासी निवासी १६ वर्षीया सन्जिता मुर्मु गत जेष्ठ २ गते (शनिबार) देखि घरबाट कसैलाई जानकारी नगराई हिँडेकी छन्। हालसम्म उनको कुनै अत्तोपत्तो नलागेकोले परिवार अत्यन्त चिन्तित रहेको जनाएको छ।
परिवारका अनुसार सन्जिताको खोजीका लागि इलाका प्रहरी कार्यालय, राजगढमा निवेदनसमेत दर्ता गरिएको छ। उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त भएमा कृपया तुरुन्तै तलको नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध छ।
📞 सम्पर्क नम्बर: 9713707830
कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरी सन्जितालाई सकुशल परिवारको सम्पर्कमा ल्याउन सहयोग गरिदिनुहोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
